नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन’- मन्त्री गुप्ता

# नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन’- मन्त्री गुप्ता
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर १९, २०८२
नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन’- मन्त्री गुप्ता

काभ्रेपलान्चोक – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन्।शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिने स्पष्ट पारे। तर भएका स्रोत र साधनको प्रयोग गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

ट्राफिक नियम आफ्नो जीवन र व्यवहारमा कार्यान्वयन गर्न पनि आग्रह गरे।

बिज्ञापन

उनले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिकले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up