

काभ्रेपलान्चोक जिल्लाको महाभारत गाउँपालिका–६ की २८ वर्षीया लमिन माया वाईवालाई असामान्य रक्तस्राव (Antepartum Haemorrhage–APH) भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
बिज्ञापन

महिलाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि २०८२ मंसिर १७ गते बिहान करिब ११ बजे बनखुचौर स्वास्थ्य चौकीमा उपचाररत रहँदै राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत नि:शुल्क हेलिकोप्टर सहयोग प्राप्त गरी उनलाई उच्च स्तरीय उपचारका लागि रेफर गरिएको हो।


उद्धारपछि वाईवाको स्वास्थ्य स्थितिबारे थप विवरण आउन बाँकी रहेको स्वास्थ्य चौकीले जनाएको छ।


