
काठमाडौं । आगामी चुनावका लागि खटाइने म्यादी प्रहरीले अबदेखि ‘निर्वाचन प्रहरी’ नाम पाउने भएका छन्। सरकारको नयाँ व्यवस्थाअनुसार उनीहरूलाई विशेष रूपमा निर्वाचन सुरक्षाका लागि परिचालन गरिने छ।

निर्वाचन अवधिमा ४० दिनसम्म तैनाथ रहने यी प्रहरीहरूले मतदान केन्द्रदेखि गणना स्थलसम्मको समग्र सुरक्षा व्यवस्थापनमा सहयोग पुर्याउनेछन्। नियमित प्रहरी फोर्सलाई समर्थन गर्दै उनीहरूले शान्ति–सुरक्षा कायम राख्ने, भीड व्यवस्थापन गर्ने र संवेदनशील क्षेत्रमा तैनाथ रहने जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
बिज्ञापन

सरकारका अनुसार ‘निर्वाचन प्रहरी’ को व्यवस्थाले निर्वाचनलाई अझ व्यवस्थित, सुरक्षित र विश्वासिलो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




