
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी बिनोद घिमिरेले भर्चुअल बैठकमार्फत प्रदेशभरि रहेका जिल्ला प्रहरी प्रमुखहरूलाई प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन्।

उनीले खुला सिमानामा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार तथा लागुऔषध नियन्त्रण, चोरी–तस्करी रोकथाम र चेकजाँच प्रणालीलाई थप कडा बनाउन सुझाव दिए।
बिज्ञापन

डीआईजी घिमिरेले आगामी निर्वाचन सुरक्षित बनाउन अन्य सुरक्षा निकाय, राजनीतिक दल र स्थानीय समुदायसँग समन्वय बढाउन आग्रह गरे। साथै, मातहतका कार्यालयहरूको नियमित अनुगमन, प्रहरी कर्मचारीको समस्याको सुनुवाइ, पोशाकको सहि प्रयोग र कार्यालयको अनुशासनमा ध्यान दिन पनि निर्देशन दिए।




