विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

# विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, मंसिर १२, २०८२
विद्युत् नियमन आयोगलाई साफिरको सदस्यता लिन स्वीकृति

काठमाडौँ – नेपाल विद्युत् नियमन आयोगले साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) सदस्यता प्राप्त गर्ने भएको छ।

सरकारले आयोगलाई उक्त सदस्यता स्वीकृति दिने निर्णय गरेको छ, र मन्त्रिपरिषद्को ८ मङ्सिरको बैठकले यसका लागि अनुमति प्रदान गरेको हो। आयोग केही समयदेखि यस मञ्चको सदस्यता प्रक्रिया मा सक्रिय रूपमा संलग्न थियो।

बिज्ञापन

साफिरको सदस्यता आयोगका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय नियामक निकायसँग अनुभव आदानप्रदान, उत्कृष्ट अभ्यासहरूको अङ्गीकरण, र नियामकीय क्षमता विकासमा मद्दत पुर्याउनेछ। आयोगले सदस्यता प्राप्त गरेसँगै विद्युत् क्षेत्रको सुधारका लागि आवश्यक नियामकीय अभ्यासहरूको जानकारी हासिल गर्ने मौका पाउनेछ। साथै, विभिन्न देशका नियामक संस्थासँग अनुभव र ज्ञान आदानप्रदान गर्न र ऊर्जा सम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्न थप सजिलो हुनेछ।

साफिरको सदस्यताका लागि सहयोग गर्ने नेपाल सरकार, अर्थ मन्त्रालय, कानुन, न्याय र संसदीय मामिला मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगै आयोगका पदाधिकारी, कर्मचारी र सम्पूर्ण सरोकारवालाप्रति आयोगले आभार व्यक्त गरेको छ।

आयोगले आफ्नो कार्यक्षेत्र र नियामकीय जिम्मेवारीमा प्राविधिक र संस्थागत दक्षता अभिवृद्धि गर्नका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय नियामक संस्थासँग समन्वय र सहकार्यलाई अत्यन्त महत्त्वपूर्ण ठान्दछ।

विद्युत् नियमन आयोगका अध्यक्षले, नियमावली २०७५ को प्रावधानअनुसार, स्वदेश र विदेशका नियामक सङ्घसंस्था तथा निकायसँग सम्झौताका लागि आयोगको स्वीकृति लिएर आवश्यक कदम चाल्ने कानुनी आधार रहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस !
up