काभ्रेपलान्चोक – प्रदेश सरकार बागमति प्रदेश सामाजिक, विकास मन्त्रालय ,व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ,हेटौंडा – मकवानपुरको आर्थिक सहयाेगमा सुपरनाेभा तालिम केन्द्रमा १६० घण्टा अवधिकाे १ महिने बारिस्ता ( कफि बनाउने) तालिमको आज एक समारोह विच उद्घाटन भएकाे छ ।

सुपरनाेभा तालिम केन्द्रका संचालक लक्ष्मी राज शाहकाे सभापतित्वमा जिल्ला समन्वय समिति काभ्रेका उप- प्रमुख मञ्जु गौतमकाे प्रमुख आतिथ्यतामा कार्यक्रममा भएकाे थियाे ।

कार्यक्रममा वनेपा ५ का वडा अध्यक्ष वलराम अधिकारी ,लायन्स क्लवका क्लस्टर चिफ जस्मिन श्रेष्ठ ,रिजन चेयर पर्सन गिता शर्मा चापागाईं,जाेन चेयर पर्सन सानुमाया लामा ब्लाेन,प्रसन्न सेफ क्लवका अध्यक्ष माेहन गजुरेल ,जिल्ला युवा परिषद् अध्यक्ष प्रकाश राेक्का,शैक्षिक साकाेसका अध्यक्ष शान्तमणि रिजाल,आईकाेनिक साकाेसका अध्यक्ष राेसन चौलागाईं ,कफि सहकारी संघका सचिव ज्ञानमणि अस्तानि,आदर्श बहुउद्देश्यीय सहकारि संस्था लि का कार्यकारि प्रमुख शिव के. सि. लगायत का व्यक्तित्वहरूकाे कार्यक्रममा उपस्थिति रहेको थियाे ।

कार्यक्रममा लायन्स क्लव अफ प्रसन्न सेफले राेजगारिकाे व्यवस्थापन ,काभ्रे एकेडेमी अफ टुरिजम एण्ड हाेटल म्यानेजमेन्ट ले प्राविधिक सहयाेग र स्राईम्स मिडिया प्रालिले मिडिया संयाेजनकाे भुमिका निर्वाह गर्ने छन । तालिममा निम्न आयस्रोत भयका २० जना युवतीलाई तालिममा सहभागी गराईएकाे छ ।

तालिम उद्घाटन प्रमुख अतिथि गौतमाले वारिस्ता मेसिनकाे वटम दवाई एस्प्रेसाे झारेर उद्घाटन गर्नु भएकाे थियाे।कार्यक्रममा गौतमले याे तालिम आत्माविश्वास वढाउने र देश तथा विदेशमा राेजगारिकाे अवसर पाउने भयकाेले निरन्तरता दिन सहभागिहरूलाई आग्रह गर्नु भयाे ।कार्यक्रम सुपरनाेभा तालिम केन्द्रका मेन्टर नवीन वडालले गर्नु भयकाे थियाे ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly