भदौ २४ गते काठमाडौंका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले दुई वटा पेस्तोल र एउटा म्यागजिनसहित तीन जनालाई पक्राउ गरेको छ। मकवानपुरका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र बागलुङका २५ वर्षीय बालकृष्ण गैरे पक्राउ परेका छन्।

पक्राउ परेका निकेश विकविरूद्ध २०८१ माघ ११ गते केन्द्रीय अनुसन्धान ब्युरोमा मुद्दा दर्ता भएको खुलेको छ। उनीमाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा फरार प्रतिवादी रहेको देखिएको हो।

बिज्ञापन

त्यस्तै २०८१ भदौ ५ गते इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा पनि चोरी मुद्दा छ। जसमा उनी फरार नै देखिएका छन्।

उनी र सुरजले मंसिर ५ गते राति २ बजेतिर काठमाडौंको बागबजारमा भोज फुड डेलिभरी गर्ने निरज चौधरीलाई पेस्तोल देखाएर धम्क्याएका थिए। त्यस्तै चौधरीलाई लुटपाट समेत गरेको एसपी काजीकुमार आचार्यले जानकारी