काभ्रेपलान्चोक – एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । शनिबार सारथि होटल धुलिखेलमा साँझ सम्पन्न प्रतियोगिता ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् ।

 

एचएमसी नेपाल प्रा.लि र दावा टेक्नोलोजीको प्रस्तुतिमा पाचौं संस्करण ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ धुलिखेलमा सम्पन्न भएको हो।

 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’ कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाको उप–प्रमुख सुनिता डंगोलले कार्यक्रममा बोल्दै मैदानमा उत्रिए पछि नतिजा जे पनि हुन सक्छ नजिते पनि केहि कुरा सिक्छु भनेर अगाडि बढन सबै बालबालिकाहरु लाई अनुरोध गर्नु भएको थियो । उहाँले स्टज चढनु नै सफलता प्राप्त गर्नु रहेको बताउदै कार्यक्रमले बालबालिकाको क्षमता बिकास, व्यक्तित्व बिकासमा, अध्यन अध्यापनमा ठुलो मदत पुग्ने बताउनु भयो ।

 

 

प्रतियोगितामा एल्भिन प्रजापतिले जुनियर केटा तर्फको शीर्ष उपाधि चुम्दा जुनियर केटी तर्फको शीर्ष उपाधि ग्लोरिया बैदारले हात पारिन् ।त्यस्तै सिनियर केटातर्फ सुभाङ हुमागाई र सिनियर केटीतर्फ सोनिया श्रेष्ठ शीर्ष विजेता घोषित भए ।

 

कार्यक्रममा जुनियर केटातर्फ फष्ट रनर अप रुकशन न्यौपाने र सेकेन्ड रनर अप बिनिश तामाङ घोषित हुँदा जुनियर केटीतर्फ रिभा महतो फष्ट रनर अप र जेनिफर पराजुली सेकेन्ड रनरअप भए ।

 

त्यस्तै सिनियर केटातर्फ वाङ्जु लामा फष्ट रनर अप, आर्यस कार्की , सेकेन्ड रनर अप घोषित हुँदा सिनियर केटीतर्फ बन्दिका न्यौपाने फष्ट रनर अप र आयुशा रायमाझी सेकेन्ड रनर अप भए ।

 

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजना रहेको प्रतियोगीतमा इन्दु थापा (प्रिन्सिपल (वेलोर इन्टरनेशनल एकडेमी), अशोक पाण्डे निर्देशक÷प्रिन्सिपल (शेमरक निस्ट वर्ल्ड स्कूल), केबी मानन्धर सहायक प्राध्यापक (काठमाडौं विश्वविद्यालय), शान्त कुमार श्रेष्ठ, सहायक प्रिन्सिपल (काभ्रे अंग्रेजी माध्यमिक विद्यालय), राजना प्रधान श्रेष्ठ संस्थापक÷प्रिन्सिपल (बालबाटिका विद्या मन्दिर उच्च माध्यमिक विद्यालय), लभ कार्की प्रमुख कार्यकारी निर्माता (नेपाल नेटवर्क टिभी ) लगायत प्रतियोगिताको निर्णायकमा रहेका थिए ।

विद्यालय अध्ययनरत बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा थुप्रै प्रतियोगी रहेका थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल सम्मको यात्रा गरेका प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए । डान्स भने संयुक्त स्थापितको थियो ।

प्रतियोगीको अभिनय, नृत्य, व्यक्तित्व विकास, स्टेज पफमेन्स, बडि ल्याङ्ग्वेग, कम्युनिकेसन स्केल, सामाजिक उत्तरदायित्व, समय व्यवस्थापन तथा अध्ययन लगायत विभिन्न प्रशिक्षणसहित फाइनल प्रतिस्पर्धामा उत्रिएका प्रतियोगीको फेसन डिजाइन अन्तर्राष्ट्रिय फेसन डिजाइनर श्रीषा बैदारले गरेकी थिइन् ।

कार्यक्रमलाई सहयोग गर्ने संस्था बाट प्रतियोगिताको शीर्ष उपाधी जित्ने बिजेताहरु लाई होटल सारथीले दुई दिनको खाना बस्न फ्री गरेको छ । त्यस्तै मोमेन्टो फोटो स्टुडियो बाट परिवार सहित फोटो सुट गरिने बताइएको छ । अन्तरर्राष्ट्रिय सौदर्य प्रतियोगितामा सहभागीको अवसर समेत प्राप्त गरेका छन् । एचएमसी नेपाल प्राइभेट लिमिटेडको तर्फ बाट सहभागी प्रतियोगी बालबालिकाहरु लाई गिफ्ट भौचर प्रदान गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

शिक्षा क्षेत्रका माफियाहरु धेरै सलबलाए : इन्दिरा हुमागाई प्रशासन प्रमुख फुल्चोकी नर्सिङ क्याम्पस