काभ्रेपलान्चोक – बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले रोशी गाउँपालिकामा व्यवसायिक कृषि तथा पशुपालन कार्यक्रम विस्तार र प्रवद्र्धन गर्न कृषि तथा पशुपालन ऋणमा व्याज अनुदान सहुलियत प्रदान गर्न गत आर्थिक वर्ष देखि रोशी गाउँपालिकासंग विन्धवासिनी साकोसले संझौता गरी कार्य प्रारम्भ गरेको थियो ।

रोशी गाउँपालिका र विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि बीच ०७७।७८ मा गरिएको संझौता अवधि गत असारमा समाप्त भएको र पुनः सम्झौता भए पश्चात आ.व. २०७८।७९ मा पनि कृषि ऋणमा व्याज अनुदान कार्यक्रमले निरन्तरता पाएको छ ।
सझौतापश्चात रोशी गाउँपालिकामा कृषि व्यवसाय संचालन गरिरहेका सदस्यहरुले रोशी गाउँपालिकाबाट ५% व्याज अनुदान र बिन्धवासिनी साकोसबाट १% व्याज छुट गरी ६% छुट सुविधा प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा रोशी गाउँपालिका अध्यक्ष डि.वि लामा र विन्धवासिनी साकोसका अध्यक्ष प्रदिप थापाले हस्ताक्षर गर्नु भएको छ । सम्झौता कार्यक्रममा रोशी गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामा, प्रमुख प्रशासकीय अधिकृत परशुराम थापा, योजना शाखा प्रमुख राम लामा, बिन्धवासिनी साकोसको संचालक भिम बहादुर के.सी., भकुण्डे सेवा कार्यालय व्यवस्थापन उप समितिका सदस्य राममणि हुमागाई र प्रमुख कार्यकारी अधिकृत के.वि लामा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..