 



काभ्रे — लगातारको वर्षासँगै बिपी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेशी, रोशी–११ डालाबेशी, रोशी–९ बिरुवाडाँडा, कोक्सिकुना र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुबै तर्फी आवागमन रोकिएको हो।
			बिज्ञापन
			
			

अवरुद्ध सडक खोल्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी निरीक्षक ईश्वर कार्कीको कमाण्डमा प्रहरी टोली खटाइएको छ। अहिले पहिरो पन्छाउने कार्य भइरहेको र यथाशीघ्र सडक सुचारु गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।


 
                
 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          