काभ्रेको बनेपामा दुर्घटना जोखिम न्यूनीकरणका लागि कङ्क्रिट डिभाइडर व्यवस्थापन

 

काभ्रेपलाञ्चोक — जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा बनेपा–तिनदोबाटोदेखि चारदोबाटो stretch मा दुर्घटना जोखिम न्यूनीकरण कार्य गरिएको छ।

बिज्ञापन

बनेपा बुडोलमा रहेको काभ्रे सेकेन्डरी स्कुलका कक्षा १० मा अध्ययनरत २० जना विद्यार्थीहरूको सक्रिय सहभागितामा अरनिको राजमार्ग अन्तर्गत सडकमा रहेका कङ्क्रिट डिभाइडरहरू व्यवस्थित गरिएको हो। रातिको समयमा ठक्कर लाग्ने सम्भावना बढेपछि डिभाइडरहरूमा डोरी राखी, टल्किने (रिफ्लेक्टिभ) स्टिकर टाँस गर्ने तथा ट्राफिक सचेतनामूलक बोर्डहरू स्थापना गरिएको प्रहरीले जनाएको छ।

यस अभियानले रात्रीकालीन सवारी दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण योगदान पुग्ने छ ।