धुलिखेलमा एक लाखको चेक फेला, ट्राफिक प्रहरीले धनिलाई बुझायो

 

काभ्रेपलाञ्चोक, धुलिखेल – जिल्ला ट्राफिक प्रहरी काभ्रेपलाञ्चोकले धुलिखेल चोकमा एक लाख रकमको चेक फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।

बिज्ञापन

फेला परेको चेक रोल्पा जिल्ला, माडी गाउँपालिका वडा नं. ४ बस्ने ३० वर्षीय चुडामणि बुढामगरको भएको बताइएको छ। चेकको मूल्य रु. १००,००० (एक लाख) रहेको छ।

ट्राफिक प्रहरीले समयमै चेक सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेपछि सम्भावित वित्तीय नोक्सानीबाट बचाएको जानकारी दिइएको छ।