


बनेपा–१२, काभ्रे । समुदायमा आधारित सहकारी विकास, प्रवर्द्धन तथा सामाजिक रूपान्तरणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बाँसडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई राष्ट्रिय सहकारी बैंक लिमिटेडले “उत्कृष्ट सहकारी संस्था सम्मान पुरस्कार” प्रदान गरेको छ।


प्रदेशस्तरीय यो सम्मान प्राप्त भएपछि संस्था परिवारमा उत्साह थपिएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत अनन्त प्रसाद तिमल्सिनाले संस्थाले दशकौँदेखि समुदायमुखी सेवा, सहकारी मूल्य–मान्यताको संरक्षण तथा सदस्य हितका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाउँदै आएको उल्लेख गर्दै भने, “समुदायमा आधारित रही सहकारी विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा संस्थाले पुर्याएको योगदानको उच्च कदर गर्दै प्रदान गरिएको यो सम्मानले हामीलाई अझ जिम्मेवार र प्रतिबद्ध बनेका छौँ। यसले आगामी दिनमा झनै प्रभावकारी रूपमा सहकारी सेवा विस्तार गर्न प्रेरणा दिएको छ।”

उनका अनुसार, सहकारीको सामाजिक–आर्थिक भूमिका सुदृढ गर्दै सदस्यहरूको जीवन स्तर उकास्न संस्था निरन्तर क्रियाशील रहनेछ।
राष्ट्रिय सहकारी बैंकले प्रदेशगत स्तरमा फरक–फरक सहकारीहरूलाई योगदानको आधारमा सम्मान प्रदान गर्दै आएको छ। यस प्रतिष्ठित सम्मानका लागि संस्था परिवारले बैंकप्रति धन्यवाद व्यक्त गरेको छ।



