


काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका निमित्त प्रमुख डिआईजी ओम प्रसाद अधिकारीले उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै ट्राफिक प्रहरी अधिकृत तथा प्रमुखहरूलाई नीति–निर्देशन अनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
बिज्ञापन


निरीक्षणका क्रममा उनले सेवाग्राहीसँगको व्यवहारमा उच्च व्यवसायिकता अपनाई नागरिकमैत्री सेवा प्रदान गर्न तथा सरोकारवाला निकायसँग समन्वय गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन सुनिश्चित गर्न आग्रह गरेका छन्।



