ढुंखर्क । बेथानचोक गाउँपालिकामा घरपालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिने भएको छ ।

बेथानचोक गाउँपालिकाको कार्यालय तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलको समन्वयमा कार्यक्रम हुन लागेको वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।
बेथानचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा छाडा कुकुरहरुलाई लक्षित गरि कुकुर बन्ध्याकरण कार्यक्रम माघ २१ र २२ गते ढुंखर्क स्वास्थ्यचौकी सँगै रहेको पशुसेवा शाखाको कार्यालयमा बिहान १०.०० बजेदेखि ३.०० बजेसम्म सञ्चालन हुने वडा अध्यक्ष तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा सरोकारवाला सबैको घर तथा टोलमा रहेका कुकुरहरुलाई कार्यक्रम संचालन हुने स्थानसम्म लगी बन्ध्याकरण गराउनु हुन वडाको आग्रह छ । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..