
बारा । नेकपा एमालेविरुद्ध जेनजी युवाहरुले बाराको सिमरामा प्रर्दसन गरेका छन् । बुधबार युवाहरुले एमाले नेता प्रवेश गर्ने भएपछि सिमरास्थित विमानस्थल क्षेत्रमा प्रर्दसन गरेका हुन् ।


उक्त प्रर्दसनमा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच झडप हुँदा अहिले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।
बिज्ञापन


एमाले कार्यकर्ताले जेनजी युवामाथि हातपात गरेपछि झडप सुरु भएको थियो । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

बाराको परवानीपुरमा आज युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली जाने कार्यक्रम थियो । त्यसकै विरोधमा युवाहरुले प्रर्दसन गरेका हुन् ।


