काभ्रेपलान्चोक – पाँचखाल ६ मा आफैंले पालेको गोरुको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

पाँचखाल नगरपालिका वडा नं ६ स्थित सालघारीका ७० वर्षिय पद्म बहादुर खड्काको आफ्नै घरमा पालेको गोरुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

गोरु चराउन लाने क्रममा एक्कासि गोरुले आक्रमण गरेर सख्त घाईते भएका खड्कालाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । घटना घटे लगत्तै खड्कालाई अस्पताल लगेपनि डाक्टरले मृत घोषणा गरेको मृतकको परिवारले जानकारी दिएको छ । – फोटो फाइल 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..