सहकारी र यससंग जोडिएका विषयहरुलाई लिएर हरेक सोमवार पाठकहरुसामु आउने प्रयास यसै अंकबाट शुरु गरेको छु । हाम्रो समाजमा प्रसस्त मात्रामा खुलेका सहकारीले साँच्चै सदस्य र राष्ट्रका लागि के के योगदान गरे ? सदस्यको जीवनस्तर उकास्न के कस्ता प्रयास गरे ? संस्था स्थापना पस्चात संस्थाले केके उपलब्धि ग¥यो ? र अब के गर्नु पर्छ भन्ने विषयका सरोकार राख्ने सवालहरुलाई निरन्तर उठाउन प्रयास गरिनेछ ।
विषय त्यती मात्र होईन कुन उद्देश्य र प्रयोजनका लागि खुलेका वा खुलाइएका सहकारीले के के गर्न पाउँछन ? र गरेका पनि छन् ? यि विषयहरु पनि हाम्रो सरोकारको विषय रहनेछ । सहकारीले गरेको राम्रो कामको प्रवद्र्घन र गलत कामको खबरदारी पनि अहिलेको आवश्यक्ता हो । नियमनकारी निकायका केही व्यक्तिबाटै आफ्नो स्वार्थ पुरा गर्न केही सहकारीलाई बदनियत गर्न प्रोत्साहन गर्ने र स्वार्थ पुरा भएपछि अब यो गल्ती क्षम्य छैन भनेर पूर्णरुपमा अंकुश लगाउने काम गर्नु निश्चय पनि राम्रो होईन ।
सबै नागरिक अझ भनौं सहकारीका सदस्यहरु कानूनका जानकार हुनै सक्दैनन् । जससंग सहकारी कानूुको शिक्षा वा जानकारी छैन, उनिहरुलाई कानूनी शिक्षा दिनु राज्यको कर्तव्य हो । भूलबस गलत गर्नेलाई सुधारको मौका दिने र जानेरै गलती गर्नेलाई दण्ड सहितको कारबाही गर्ने हो भने भावी दिनमा त्यस्तै प्रकारका गल्ति कसैले पनि गर्ने छैनन् । गाउँघरमा अझै पनि एकाध बाहेक सहकारीलाई दःुखको साथी सम्झनेको संख्या ठूलै छ भने सहर बजारमा साहुकारीकै अबधारणले चले पनि व्यवसायको साथीको रुपमा लिईने गरिन्छ ।
अहिले प्रसस्त मात्रामा खुलेका सहकारीले आफ्ना सदस्यलाई व्यवसायिक बन्न के कस्तो सहयोग गरेका छन् ? संस्थाको सेयर खरिद गरेपछि सदस्यहरुको के कति आर्थिक सुधार भयो ? सदस्यको पेशा वा व्यवसायको अवस्था कस्तो छ ? ऋण लैजाने सदस्यले कुन प्रयोजनका लागि लगेको र कहाँ लगानी गरेको छ ? राम्रोसंग निगरानी गर्नु जरुरी छ । सदस्यले ऋण लगेर गरेको व्यवसायले उसको उन्नती भएको भए त राम्रै भयो गलत ठाँउमा लगानी गरेर थप ऋणको बोझ बोक्नु परेको त छैन ? त्यही ऋणको कारणले उसलाई तनावको अवस्थामा त पुगेको छैन ? अब यो विषय हरेक सहकारीकर्मीले सोच्नै पर्ने बेला भैसकेको छ । यदि यस्ता विषयलाई समयमै सचेतपूर्वक सोचेनौ भने भविष्यमा ठूलै आर्थिक तथा मानविय क्षति व्यहोर्नु नपर्ला भन्न सकिन्न ।
अब सहकारीले गर्नै पर्ने महत्वपूर्ण काम भनेको कृषि उत्पादन हो । बिगत केही वर्षदेखि विश्वमै वातावरणिय असर परिरहेको छ । प्रकृतिले पनि चुनौती दिएको छ । जसले गर्दा सिजनमा समेत पानी पर्दैन भने अफ सिजनको कुरै नगरौं । वातावरणिय प्रभाव अलिे विश्वमै परिरहेका छ । पानी परिहाल्यो भने पनि हाम्रो माटो अनुसारको उत्पादन हुने विउविजन पाउँदैनौं । नेपाली प्रजातीका अझ भनौं रैथाने विउविजन लोप नै भैसके । नेपाली माटो र हावापानी खप्न सक्ने खालको विउविजन आवश्यक पर्नेमा सात समुन्द्रपारीको वातावरणमा लगाउँने बाली यहाँ लगाएर पर्याप्त आम्दानी लिन कसरी सकिन्छ र ? पछिल्लो केही वर्षको मौसमी तथ्यांक हेर्दा खेती लगाउँने समयमा वा लगाएपछि पनि अतिवृष्टि वा खण्डवृष्टि हुने गरेको छ । यस्तो अबस्थामा कृषि उत्पानमा ठूलै असर पर्छ । विश्वमै कृषि उत्पादनमा असरपरेपछि भोकमरीको समस्या आँउनेछ । जतीसुकै महंगो कपडा लगाएर वा अन्य सुख भोग गरेता पनि बाँच्नका लागि त अन्न नै अत्यावश्यक वस्तु हो । उत्पादन कम भएपछि विक्री कसैले पनि गर्दैनन् । कसैले पनि नबेच्ने भएपछि किन्नेले पनि के नै पो किनेर खालान् र ? हाम्रो जस्तो देशमा खेत र बारी बाँझो राखेर सहर पस्ने र अन्न किनेर खानेको संख्या दिन प्रतिदिन बढ्दो छ । अहिले कसैले चासो नदिए पनि केही वर्षपछि नै यसले विकराल समस्याको रुपमा चुनौती दिने छ । राज्यसंगको सहकार्यमा सबै सहकारीले तत्काल कृषि उत्पादनमा पनि ध्यान प¥याउनु जरुरी छ । – नव क्षितिज साप्ताहिकबाट
के हो सहकार्य – पूर्णचन्द्र सिग्देल
