


काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको अवलोकन तथा निरीक्षण भ्रमण गर्नुभएको छ।
बिज्ञापन


निरीक्षणका क्रममा गृहमन्त्री अर्याललाई उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी र प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले स्वागत गरेका थिए।

भ्रमणका अवसरमा कार्यालयको समग्र संरचना, सेवा प्रवाह, ट्राफिक व्यवस्थापन तथा सुधारका विषयमा जानकारी गराइएको बताइएको छ।


