वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रधानमन्त्रीको निर्देशन

# वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रधानमन्त्रीको निर्देशन
काभ्रे प्रेस
काभ्रे प्रेस || मंगलबार, कार्तिक १८, २०८२
वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन प्रधानमन्त्रीको निर्देशन

वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वैदेशिक रोजगारीलाई पारदर्शी, सम्मानजनक बनाउन अपरिहार्य भएको बताउनुभयो ।

साथै उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको परिवारमा सम्मानजनक एकीकरण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन बोर्डलाई निर्देशन दिनुभयो ।

बिज्ञापन

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं बोर्डको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा जानेहरूलाई सीप सिकाएर दक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनुभयो ।

“वैदेशिक रोजगारीमा उत्पन्न हुने समस्या समाधानका लागि बोर्डले सुरु गरेको ‘कल सेन्टर’ र ‘टेलिमेडिसिन’ सेवा श्रमिक हितका दृष्टिले उपयोगी देखिएका छन्”, उहाँले भन्नुभयो, “यसैगरी सबै कल्याणकारी सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराएर सेवाग्राहीको पहुँच बढाउन बोर्डले चालेका कदम प्रशंसनीय छन् ।”

प्रधानमन्त्री कार्कीले अब वैदेशिक रोजगारीको विकल्पस्वरूप स्वदेशमा नै सम्मानजनक रोजगारीका अवसरहरू सृजना गर्न, सीपमा आधारित उद्यम र पुनः एकीकरणका कार्यक्रमहरूलाई विस्तार गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कार्ययोजना तयार गरेर तदनुरुप काम गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up