
काठमाडौं कांग्रेस नेता रामहरि खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा गएराति डिल्लीबजारस्थित डेरामा निधन भएको छ।


क्यान्सर र दमसम्बन्धी दीर्घरोगले ग्रस्त जीवनाथ केही समयदेखि उपचाररत रहेको पारिवारिक स्रोतले जनाएको छ।
बिज्ञापन


दुःखद निधनपछि आज बिहान पशुपति आर्यघाटमा उनको अन्तिम दाहसंस्कार गरिने तयारी भएको नेता खतिवडाले जानकारी दिएका छन्।



