क्षितिज क्रान्ति – सन्ताेष प्रसाद तिवारी 

काठमाडौं, २०८३ जेठ ११/ युवा चेतना, सुशासन र राष्ट्रिय पुनर्जागरणको अभियान नै क्षितिज क्रान्तिको मूल विचार हाे। “क्षितिज क्रान्ति” भनेको आक्रोश, हिंसा र प्रतिशोधको होइन- चेतना, चरित्र, सुशासन, युवा नेतृत्व र राष्ट्रिय पुनर्जागरणको शान्तिपूर्ण अभियान हो। यो क्रान्तिले युवालाई विदेश पलायन होइन, स्वदेशमै सम्मानजनक भविष्य खोज्ने बाटो देखाउँछ। यो अभियान सत्ता प्राप्तिको होइन, राष्ट्र निर्माणको विचार हो।

युवा सन्देश : युवा जागरण

बिज्ञापन

“युवाको भविष्य अभियान”
“युवा जनशक्ति विदेशिए देश कमजोर बन्छ”
“युवा बेरोजगार हुँदा देश सुरक्षित हुँदैन”
“युवाको भविष्य विदेशमा होइन, स्वदेशमै चाहियो”
“भ्रष्टाचारले होइन, चरित्रले देश बन्छ”
क्षितिज क्रान्तिका प्रमुख सन्देश
“प्रतिशोधको राजनीति होइन, विचार र विकासको राजनीति चाहियो”
“देश चलाउने होइन, देश बिगार्ने राजनीति बन्द हुनुपर्छ”
“काम खोज्न विदेश होइन, काम गर्न नेपालमै व्यवस्था हुनुपर्छ”
“युवालाई आक्रोश होइन, सही दिशा चाहिएको हो”
“भ्रष्टाचार विरुद्ध नाराले होइन, चरित्रले लड्ने हो”
“सुकुम्बासीको समस्या समाधान गरी स्थानीय बस्ती मास्ने विकासको अन्त्य गरिनुपर्छ”

हामीलाई /मलाई

“म सत्ता चाहँदिन,म युवाको भविष्य चाहन्छु।”
आज युवा बेरोजगार छन्, आक्रोशित छन्, विदेशिन बाध्य छन्,
यसको कारण युवा होइन- व्यवस्था, चरित्र र नेतृत्वको कमजोरी हो।
“क्षितिज क्रान्ति” आक्रोशको आन्दोलन होइन,चेतना, जिम्मेवारी र राष्ट्रिय आत्मसम्मानको अभियान हो।

क्षितिज क्रान्तिको घोषणा

१. भ्रष्टाचारमुक्त समाज
गाउँदेखि केन्द्रसम्म फैलिएको भ्रष्टाचार अन्त्य हुनुपर्छ।
जनताको कर जनताकै विकासमा प्रयोग हुनुपर्छ।
२. जनमुखी सरकार
राज्य जनताको सेवक हुनुपर्छ।
स्वतन्त्र पत्रकारिता र निष्पक्ष प्रशासन लोकतन्त्रको आधार हो।
३. राष्ट्रिय सुरक्षा र विकास
राजनीतिक हस्तक्षेपमुक्त सार्वजनिक संस्था निर्माण गर्दै
दीगो शान्ति र विकास कायम गरिनुपर्छ।
४. आर्थिक सुधार
अनावश्यक सरकारी खर्च कटौती गर्दै
उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ।
५. शिक्षा र स्वास्थ्य अधिकार
शिक्षा र स्वास्थ्यलाई व्यापार होइन,
जनताको मौलिक अधिकारको रूपमा लागू गरिनुपर्छ।
६. श्रमिक र विपन्न वर्गको संरक्षण
किसान, मजदुर, बेरोजगार, वृद्ध, अपाङ्ग, पत्रकार र स्वरोजगार वर्गलाई सामाजिक सुरक्षा सुनिश्चित गरिनुपर्छ।
७. योग्य र नयाँ नेतृत्व
राजनीतिमा युवा पुस्तालाई अवसर दिइनुपर्छ।
नेतृत्वमा नैतिकता, शिक्षा र जिम्मेवारी अनिवार्य हुनुपर्छ।
८. न्यायको सर्वोच्चता
स्वतन्त्र न्यायपालिका र कानूनी शासनमार्फत नागरिकको भरोसा बलियो बनाइनुपर्छ।
९. मौलिक हक कार्यान्वयन
संविधानमा लेखिएका अधिकार व्यवहारमा लागू हुनुपर्छ।
१०. शिक्षित राजनीतिक संस्कृति
राजनीति सेवा र जिम्मेवारी हो भन्ने चेतना विकास गर्न राजनीतिक शिक्षा आवश्यक छ।
११. वैदेशिक रोजगारीको पुनर्संरचना
युवालाई बाध्यताले होइन, सीप र अवसरका आधारमा रोजगारी दिनुपर्छ।
१२. जनताप्रति जवाफदेही शासन
सार्वजनिक पद जनताको सेवाका लागि हो, विशेष सुविधा र शक्ति प्रदर्शनका लागि होइन। क्षितिज क्रान्तिको मूल नारा “चेतनाबाट परिवर्तन, चरित्रबाट राष्ट्र निर्माण।”

१३.विश्वव्यापी मानवअधिकारकाे रक्षा
विश्वव्यापी मानवअधिकार प्रत्येक मानिसका जन्मसिद्ध, समान र अविच्छिन्न अधिकार हुन्, जसले मानव गरिमा, स्वतन्त्रता र न्यायको संरक्षण गर्छ।

अन्य नाराहरू

“स्वदेशमै भविष्य, स्वाभिमानी नेपाल”
“युवा जागे देश जाग्छ”
“सुशासन, समानता र सम्मान”
“नयाँ पुस्ता, नयाँ दिशा”
“भ्रष्टाचारमुक्त नेपाल, जिम्मेवार नेतृत्व”

निष्कर्ष:

“क्षितिज क्रान्ति” कुनै दलको अभियान होइन,यो राष्ट्र, समाज र भविष्यप्रतिको जिम्मेवारी हो। यो क्रान्ति बन्दुकको होइन,विचारको हो।
यो आक्रोशको होइन,चेतनाको हो। यो सत्ता कब्जाको होइन, राष्ट्र निर्माणको अभियान हो।
=- सन्तोष प्रसाद तिवारीबाट लेखिएको र तयार गरिएको एक विचार हाे, काठमाडौं।
“मेरो स्वतन्त्र आवाज : परिवर्तनको मार्ग र राष्ट्रको भविष्य”