मध्यराति विवादास्पद स्टाटस हटाएका मेयर बालेन शाह

 

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शनिबार मध्यराति सामाजिक सञ्जालमा राखेको विवादास्पद फेसबुक स्टाटस हटाएका छन्।

बिज्ञापन

उक्त स्टाटस राखिएको केही मिनेटमै सामाजिक सञ्जालमा व्यापक चर्चा-बहस चलेको थियो। स्टाटसमध्ये उनले केही अश्लील शब्द प्रयोग गर्दै छिमेकी मुलुक चीन र भारत, साथै अमेरिका तथा नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए।

चर्को आलोचना बढेपछि मेयर शाहले स्टाटस हटाएको जनाइएको छ। विदेशी शक्तिसँग साठगाठ गरेको आरोपप्रति भावनात्मक प्रतिक्रिया जनाउँदै उक्त स्टाटस लेखिएको हुनसक्ने अनुमान गरिएको छ।