खगेन्द्र सुनार ५० हजार धरौटीमा रिहा

 

काभ्रेपलाञ्चोक — अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जालमा अपशब्द लेखेको आरोपमा पक्राउ पुर्जी जारी भएका खगेन्द्र सुनारलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

बिज्ञापन

विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्धामा आज अदालतमा उपस्थित भएका सुनारलाई थुनछेक बहसपछि धरौटीमा रिहा गरिएको अदालतकी श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।

रिहा भएपछि सुनारले अदालतप्रतिको विश्वास र सम्मान व्यक्त गर्दै आफूविरुद्धको मुद्दा गलत नाममा परेको दाबी गरेका छन्। उनले मन्त्री बन्ने–नबन्ने विषय ठुलो नभएको र आफू अझै सरकारको प्रवक्ता रहेको पनि बताएका छन्।