बनेपामा निःशुल्क आँखा स्वास्थ्य जाँच, १२ जनामा मोतिबिन्दु पत्ता

 

बनेपा ।
श्रीकृष्ण प्रणामि सेवा समिति नेपाल ईकाई समिति बनेपा नयाँबस्तीको आयोजनामा र रेयूकाई आँखा अस्पताल नेपालको प्राविधिक सहयोगमा निःशुल्क आँखा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

कार्यक्रममा कुल १६५ जनाको आँखा परीक्षण गरिएकोमा १२ जनामा मोतिबिन्दु भएको पाईएपछि उनीहरूलाई निःशुल्क शल्यक्रियाका लागि अस्पतालमा रिफर गरिएको छ। सोही अवसरमा २१ जनालाई निःशुल्क चश्मा वितरण गरिएको समितिले जनाएको छ।

प्राविधिक टोलीको नेतृत्व आउटरिच कोअर्डिनेटर कविता पटेलले गरेकी थिइन् भने टोलीमा डा. रेनु बी.के., सबिता श्रेष्ठ र चन्द्र लामा सहभागी थिए।

श्रीकृष्ण प्रणामि सेवा समिति बनेपा नयाँबस्तीले सहयोगी अस्पतालका चिकित्सक तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।