
काठमाडौं । आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : सानो कुराले मनमा खटपटी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । आफन्तबाट धोका हुनेछ । प्रेम सम्बन्धमा मनमुटाव बढ्नेछ

वृष : मनको कुरा सार्वजनिक गर्दा फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।


मिथुन : सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । काम गर्ने क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ । मन प्रशन्न हुनेछ । विदेशी रमझमले तपाईंलाई आकर्षित गर्नेछ । सामाजिक सेवाको अवसर जुट्नेछ ।
कर्कट : साना कुरामा घमण्ड बढ्नेछ । काम गर्दा सचेत हुनुपर्ने दिन छ । साथीसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । कसैसँगको संयुक्त लगानीमा गरेको कामबाट लाभ हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारले भने तपाईंको आलोचना गर्नेछन् ।
सिंह : दिन सहज छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । कार्यक्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारमा घुमघामको तय हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ ।
कन्या : दिन राम्रो छ । तपाईंले हरेक काममा सफलता प्राप्त गर्नुहुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ । शत्रु परास्त हुनेछन् ।
तुला : दिन सामान्य छ । अरुलाई समय दिँदा परिवारलाई समय नपुग्ने जोखिम छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षाको तयारीमा भए मेहनत गर्नुपर्ने देखिन्छ । उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ ।
वृश्चिक : दिन सहज छ । रोगबाट मुक्त हुने दिन हो । विपक्षीलाई सानो ठानेमा घाटा हुने छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
धनु : स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ । आफन्तबाट धोका हुने जोखिम छ । घर व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ ।
मकर : शुभ ग्रहको बहुमत रहेकाले राजनीतिक संगठनमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए जोस र जाँगर बढ्नेछ । परिवारमा सल्लाह गरेर महत्त्वपूर्ण निर्णय लिनु राम्रो हुनेछ ।
कुम्भ : साना कुरामा रिस उठ्ने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ । साथीभाइसँग अविश्वास बढ्नसक्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।
मीन : सहकर्मीसँग गरेको सहकार्यबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नेछ । दैनिक काम सहजै बन्नेछन् । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।


