प्रस्तावित शिक्षा ऐनको केही प्रावधान अस्वीकार्य भन्दै बनेपामा प्याब्सनद्वारा ज्ञापनपत्र

 

बनेपा — प्रस्तावित शिक्षा ऐनमा निजी विद्यालयसम्बन्धी केही प्रावधानप्रति असहमति जनाउँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपाले आज बनेपा नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।

बिज्ञापन

प्याब्सन केन्द्रिय समितिको निर्देशनअनुसार बनेपा नगर अध्यक्ष महेन्द्र बिष्टको नेतृत्वमा गएको टोलीले बनेपा नगरपालिका नगर प्रमुख र शिक्षा विभाग प्रमुखलाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
ज्ञापनपत्रमा प्रस्तावित ऐनका निजी विद्यालयसम्बन्धी प्रावधान अमान्य रहेको र पुनःसंशोधन गर्नुपर्ने माग गरिएको छ।