काभ्रेपलान्चोक – पाँचखाल नगरपालिकाले नगर क्षेत्र भित्रका प्रधानाध्यापकहरुको सिकाई आदान प्रदान तथा नेतृत्वका विषयमा कार्यशाला आयोजना गरेको छ ।

नेतृत्व मन्थन शिर्षक दिएर आयोजना भएको कार्यशालामा पाँचखालका सार्वजनिक तथा निजी विद्यालयहरूको प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

पाँचखाल नगरका नगरप्रमुख महेश खरेलले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिँदै यसको लागि विद्यालयको नेतृत्वबीच सिकाइ आदानप्रदान गर्ने र नेतृत्वका विविध आयामबारे चिन्तन गर्ने मन्चको रूपमा कार्यक्रम आयोजना गरेको जानकारी दिए । नगरप्रमुख खरेलले शिक्षामा समग्र परिवर्तनको लागि अबको ५ वर्षमा मूलतः प्रधानाध्यापक र शिक्षकको क्षमता सुदृढ बनाउने तर्फ नगरपालिका उन्मुख भएको जानकारी समेत दिए ।

कार्यशालामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव डा. हरि लम्सालले प्रधानाध्यापकले आफूले  आफूलाई स्तरोन्नति गर्ने उपायहरूबारे चर्चा गरेका थिए । ‘नेतृत्व बन्छ कि बनाइन्छ’ भन्ने विषयमा सह सचिव लम्सालले प्रधानाध्यापकहरूले आफ्नो ज्ञान र सीप अभिवृद्धि गर्ने तथा सरोकारवालाहरूसँग सम्बन्ध विस्तार गर्ने उपायहरूवारे पनि प्रस्तुति दिएका थिए ।

‘माइ इमोसन्स म्याटर’ संस्थाकी सह–संस्थापक भावना श्रेष्ठले विद्यालयमा संवेगात्मक व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका सम्बन्धी क्रियाकलाप सन्चालन गरेकी थिइन् । उनले प्रधानाध्यापकहरूको आफ्नै अनुभव र भूमिकाबारे छलफलको सहजीकरण गरेकी थिइन्। त्यस्तै ‘विद्यालयमा मानव संसाधन व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका’ शीर्षकमा जब्स डाइनामिक्सका निर्देशक प्रयास राजोपाध्यायले विभिन्न क्रियापलापको माध्यमबाट प्रधानाध्यापकहरूबीच छलफलको सहजीकरण गरेका थिए । शिखरापुर सामुदायिक क्याम्पस, फर्पिङका प्रमुख तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रका कार्यक्रम व्यवस्थापक निरोज श्रेष्ठले शिखरापुरले समुदायसँग जोडिन गरेका प्रयासहरू उदाहरणको रुपमा प्रस्तुत गरेका थिए ।

कार्यशाला पश्चात पाँचखाल नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले नेतृत्वका विषयमा आफुहरुलाई थप हौसला दिएको जानकारी दिए । किङ्ग्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले समुदाय र शैक्षिक संस्थाहरूले एक अर्काबाट सिक्नु अत्यन्त आवश्यक रहेको बताउँदै पाँचखाल नगरपालिकाबाट आफूले महत्वपूर्ण सिकाइ प्राप्त गरेको बताए ।

पाँचखाल नगरपालिका  र किङ्ग्स कलेज, काठमान्डौँको संयुक्त आयोजनामा भएको कार्यक्रमका पाँचखाल नगर क्षेत्रका सार्वजनिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरू सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया

विगत देखि वर्तमानसम्म|मल अभाव देखि,खेतबारीमा तरकारी फालेको कुरा सम्म|केके छ पर्दर्शनीमा कृषकको कुरा.