पनौतीमा मोटरसाइकल र टिपर ठोक्किँदा एक युवकको मृत्यु

पनौतीमा मोटरसाइकल र टिपर ठोक्किँदा एक युवकको मृत्यु

काभ्रे — गएराति काभ्रे जिल्लाको पनौती नगरपालिका–५, आईटी पार्क गेट अगाडि भएको सवारी दुर्घटनामा एक १८ वर्षीय युवकको मृत्यु भएको छ। बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल पनौतीबाट बनेपातर्फ रोकिराखिएको गिट्टी लोड गरेको बा २ ख ७३५० र बागमती प्रदेश ०१–००६ ख २२१७ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

दुर्घटनामा मोटरसाइकल चालक बाँके, नेपालगन्ज स्थायी घर भई हाल पनौती–७ बस्दै आएका १८ वर्षीय सुदिप खत्रीको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल ओभर स्पीडमा रहेकाले टिपरमा ठोक्किएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

घटनापछि दुवै टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।