बनेपामा चालकको लापसे चेकजाँच, ९ जना पोजेटिभ

 

काभ्रेपलाञ्चोक — अरनिको सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका–१३ साँगा चोकमा मंगलबार लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ।

बिज्ञापन

सडक अनुशासन कायम राख्ने, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यका साथ नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।

शीर मेमोरियल अस्पताल बनेपा र बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय तथा सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा ४० जना सार्वजनिक सवारी चालकको ला.प.से. परीक्षण गरिएकोमा ९ जना पोजेटिभ देखिएका छन्। पोजेटिभ देखिएका चालकलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले बताए ।