



काभ्रे — इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट ट्रेनिङ सेन्टरमा सञ्चालन भएको १६० घण्टा (२६ दिने) एडभान्स कुक तालिम सोमबार सम्पन्न भएको छ।
बिज्ञापन



समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा धुलिखेल नगरपालिका–८ का वडा अध्यक्ष विनोद गौतम प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा महेश गौतम, प्रशिक्षक सुमन अधिकारी, सर्द्दा अधिकारी तथा बारिस्ता प्रमुख सजिना दुलाल अतिथि रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको अध्यक्षता नारायण बहादुर तामाङले गर्नुभयो। तालिम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै सेन्टरका प्रोपाइटर कामदेव शाह ठकुरीले सहभागिता र उत्साहप्रति आभार व्यक्त गर्नुभयो।