सातदिने तालिम सम्पन्न,ॐ समाज डेण्टल अस्पताल बिच त्रिपक्षीय सम्झौता र प्रमाणपत्र वितरण सहित महिला सशक्तीकरणमा तालिम समापन
काठमाडौँ, राजन थापा असार २९ –
लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेशको आयोजनामा कागेश्वरी मनोहरा–४, ब्रह्मखेलमा सञ्चालन गरिएको “प्लास्टिक झोलाको विकल्पमा वातावरणमैत्री कपडाको झोला बनाउने” सातदिने सीपमूलक तालिम तथा प्रमाणपत्र वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
क्लबकी अध्यक्ष लायन तृष्णा थापा, संस्थापक अध्यक्ष (क्लब कि अामा)लायन विना थापा तथा कोषाध्यक्ष लायन मृदुला शर्माको समन्वयमा सञ्चालन गरिएको तालिममा १६ जना महिला प्रशिक्षार्थी सहभागी थिए। वातावरण संरक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउन तालिमले सहयोग पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका थिए। कार्यक्रमको अवसरमा डिष्टूक गभर्नर लायन पार्वती खरेल पाण्डे का अनुसार घर–एक बिरुवा” अभियान “नयाँ पाइला समाज नेपाल” का सदस्यहरुलाई फलफूलका बिरुवाहरू वितरण गरियो कार्यक्रमकै अवसरमा लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेश, नयाँ पाइला समाज नेपाल, र ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाबीच त्रिपक्षीय सम्झौता सम्पन्न भयो।
सम्झौता अनुसार नयाँ पाइला समाज नेपालका सदस्यहरूले ॐ समाज डेन्टलमा नि:शुल्क स्वास्थ्य परीक्षण तथा १५–२० प्रतिशतसम्म छुट सहितको सेवा पाउनेछन्।
सम्झौतामा क्लबकी अध्यक्ष लायन तृष्णा थापा, नयाँ पाइला समाज नेपालकी अध्यक्ष, ॐ समाज डेन्टल बनस्थली शाखा प्रमुख सबिना पपन गुरुङ र राजन थापाको सहभागितामा हस्ताक्षर भएको हो।
तालिममा सहभागी १६ जना प्रशिक्षार्थीलाई प्रमुख अतिथि लायन विष्णु भण्डारी, विशेष अतिथि लायन अनुज कुमार श्रेष्ठ, र अन्य आदरणीय अतिथिहरूका हातबाट प्रमाणपत्र वितरण गरियो।
प्रमाणपत्र वितरणले सहभागीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै भविष्यमा व्यवसायिक रूपमा अगाडि बढ्न उत्प्रेरणा दिएको आयोजकले बताएका छन।उक्त कार्यक्रममा प्रमुख अतिथि लायन विष्णु भण्डारी, विशेष अतिथि लायन अनुज कुमार श्रेष्ठ, संस्थापक अध्यक्ष लायन विना थापा, रिजन चेयरपर्सन लायन मिना भट्टचन, डिष्ट्रीक्ट कोअर्डिनेटर लायन अनिता थापा बिष्ट, डिष्ट्रीक्ट एम्बेसडर लायन सोनु लामा, लायन भानु थापा, लायन दीपशिखा शर्मा, लायन मृदुला शर्मा र लायन राजन थापा लगायत अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विशेष अतिथि लायन अनुज श्रेष्ठले महिलाहरूले सिकेको सीपलाई व्यवसायिक रूपमा विकास गर्दै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि लायन विष्णु भण्डारीले तालिम प्रभावकारी रहेको बताउँदै सहभागीहरुलाई व्यवसायिक यात्रामा अगाडि बढ्न प्रेरणा दिनुभयो।
संस्थापक अध्यक्ष लायन विना थापाले नयाँ पाइला समाज नेपालका महिलाहरूको माग अनुसार आगामी दिनमा थप तालिम सञ्चालन गर्न क्लब सधैं तयार रहेको बताउनुभयो कार्यक्रमको अन्त्यमा अध्यक्ष लायन तृष्णा थापाले सम्पूर्ण अतिथि, प्रशिक्षार्थी, सहयोगी संस्था तथा क्लब परिवारप्रति धन्यवाद व्यक्त गर्दै, यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।