काठमाडौं — गायक तथा सर्जक हिमाल खड्काको सृजनामा तयार भएको नयाँ गीत “चोखो मायाँ” सार्वजनिक भएको छ। Rj Solution Entertainment युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा श्रोताले फरक भाव र भाकाको अनुभूति गर्न सक्नेछन्।

गीतमा शब्द सर्जक हिमाल खड्का र सागर भण्डारी (दिनेश) ले कोरेका छन्। संगीत पनि हिमाल खड्काकै रहेको गीतमा हिमाल खड्का र सागर भण्डारीले स्वर दिएका छन्। गायिका यमुना कार्कीको मीठो आवाजले गीतलाई अझ सशक्त बनाएको छ।

गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोमा मोडल जोन बम, जुनु कार्की, हिमाल खड्का र संगित शर्मा फिचर भएका छन्। गीतको भिडियो निर्देशन, छायांकन र सम्पादन पक्षमा समेत राम्रो मेहनत देखिन्छ।

चोखो मायाँ एक प्रेमभाव प्रधान गीत हो जसले युवा पुस्ताको भावना र सम्बन्धप्रतिको सोचाइलाई सरल तरिकाले प्रस्तुत गर्ने कोशिस गरेको छ। भिडियोमा देखिएको कलाकारहरूको अभिनय र भाव सम्प्रेषण श्रोतामाझ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz