काभ्रेपलान्चोक – कोरोना महामारीले रोकिएको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै छ । झन्डै दुई वर्ष व्यापार व्यवसाय ठप्प भएको अवस्थामा ललितपुरको एबिसी बिजनेज कम्प्लेक्समा लेडिज फेन्सी स्टोर्स सञ्चालनमा आएको छ ।

दिन दुखी गरिब असाहयहरुको केन्द्र मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँड र केन्द्रीय सल्लाहकार रज्जु तण्डुकारले बुधबार एक कार्यक्रमबीच फेन्सीको उद्घाटन गरेका थिए ।

फेन्सीमा ब्राण्डेड लेडिज कपडाहरु प्राप्त गर्न सकिने सञ्चालक बस्नेतले जानकारी दिइन् । मिना बस्नेत र पार्वती महतले ललितपुरकै लगनखेलस्थित स्मृति मिनी मार्केटमा जेन्स कलेक्सन पनि सञ्चालन गरिरहेको मञ्जुश्री असहाय संरक्षण केन्द्रका प्रेस संयोजक राजन थापाले जानकारी दिए । उनले व्यवसाय सफलताको शुभकामना पनि दिएका छन ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….