काभ्रे । काभ्रे र भक्तपुरको बोडर सागाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका तीन जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको प्राविधिक टोलिले चेकजाँच गर्दा लागु औषध सेवन गरी सवारी चलाएको स्वास्थ्य जाँचपछि उनीहरुलाई नियत्रन्ण लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले जानकानरी दिए ।

टिपर, मालवाहक गाडि र सार्वजनिक यातायातमा लक्ष्यित गरि २१ वटा सावरीसाधान चेकजाँच गरिएकोमा ३ जना सवारी चालकले लागु औषध सेवन गरी सवारी चलाएको भेटिएको उनले बताए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ ।

सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको प्रमुख धाँजुले बताए ।

 

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz