काठमाडौ जेष्ठ २४ राजन थापा
शीतला माध्यमिक विद्यालय (Shitala Secondary School) काठमाडौंको बालाजु हाइट, टौडोलमा अवस्थित एक सरकारी सामुदायिक विद्यालय हो। यो विद्यालय २०४७ साल (1990 AD) मा स्थापना गरिएको हो र राष्ट्रिय परीक्षा बोर्ड (NEB) सँग आवद्ध छ।
शैक्षिक कार्यक्रमहरू विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दछ। +2 तहमा व्यवस्थापन (Management) र शिक्षा (Education) विषयहरूमा अध्ययन गर्न सकिन्छ।
सुविधासम्पन्न कक्षा कोठाहरू पुस्तकालय, विज्ञान प्रयोगशाला, सम्मेलन हल, र खेलकुद सुविधाहरू काउन्सेलिङ सेवा र अतिरिक्त क्रियाकलापहरू स्वास्थ्य परीक्षण र अभिभावक–शिक्षक बैठकहरू शैक्षिक भ्रमण र सांस्कृतिक कार्यक्रम
विद्यालयको उद्देश्य गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई जिम्मेवार र सक्षम नागरिक बनाउनु हो।
यसले विविध पृष्ठभूमिका विद्यार्थीहरूलाई समान अवसरहरू प्रदान गर्छ। क्लब का अध्यक्ष भट्टराईले एक बिज्ञियपति अनुसार वहाँ ले यस्तो भन्नुभयो । म अत्यन्त हर्षित छु कि लायन्स क्लब अफ काठमाडौं नेपालद्वारा शीतला माध्यमिक विद्यालय, बालाजुमा आयोजित निःशुल्क दन्त उपचार तथा स्वास्थ्य शिविर भव्य र सफल रूपमा सम्पन्न भएको छ।
विद्यालयका साना बालबालिका प्रायः आफ्नै दन्त तथा स्वास्थ्य सरसफाइप्रति सजग हुन सक्दैनन्, र अभिभावकहरू पनि कामको व्यस्तताका कारण सधैं आवश्यक ध्यान दिन सकिरहेका हुँदैनन्। यही यथार्थलाई मनन गर्दै विद्यालय उमेरका विद्यार्थीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यो शिविर आयोजना गरिएको हो।
यस स्वास्थ्य शिविरबाट ३३५ जनाभन्दा बढी विद्यार्थी तथा अभिभावकहरू लाभान्वित हुनु भएको छ, जुन हाम्रो लागि गौरवको विषय हो।
कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउनु हुने सम्पूर्ण लायन लिडरज्यूहरूलाई म हृदयदेखि धन्यवाद ज्ञापन गर्दछु। विशेषगरी, लायन कल्पना चापागाईं, Misses Anu, लायन शरद पोखरेल, लायन अखिल श्रेष्ठ तथा लायन ध्रुव थापा ज्युहरूको अतुलनीय सहयोग र सक्रियताका लागि विशेष आभार व्यक्त गर्न चाहन्छु।
कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको थियो। यस अभियानमा साथ दिनु हुने सामाजिक अभियन्ता एवं पत्रकार श्री राजन थापा, शीतला माध्यमिक विद्यालय परिवार, र ओम समाज डेन्टल हस्पिटललाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु।
भविष्यमा शीतला माध्यमिक विद्यालय मात्र होइन, अन्य विद्यालयहरूमा पनि यस्ता स्वास्थ्य शिविरहरू आयोजना गर्ने योजना हाम्रो क्लबको प्राथमिकतामा रहेको छ। यस महान उद्देश्यमा तपाईंहरू सबैको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछु।उक्त सिवरमा सहयोग गर्ने संघ-संस्थालाई कदर पत्र साथै माया काे चिनाे क्लब का अध्यक्ष भट्टराईले प्रदान गर्नु भयो ।कदर प्रत्र पाउने मा ॐ समाज अस्पताल बन्सथलि शाखा प्रमुख सबिना पापन गुरुङ ,डा.गाैरि श्रेष्ठ ,डा एवति शाह ,हाईजेनिक राम माया काउथा ,सबिता बि क,साथै उत्कृष्ट पत्रकार दिनेश लामिछाने
राम्रो काम गरि अाफ्ना क्लब का बरिस्ठ समाज सेवि लायन कल्पना चापागाईं,लायन धुर्व थापा लायन अखिल श्रेष्ठ अादि सम्मानित भएका थिए भने तेस्तैगरि सहभागी संस्था हरुलाई माया काे चिनाे प्रदान गर्नु भयो ।
मायाकाे चिनाे प्राप्त गर्ने मा ॐ समाज डेण्टल अस्पताल ,शितला मा बि तारकेश्वर क्लब ६०साथै बरिस्ठ समाजसेवी चापागाईं भन्नू हुन्छ हामी सधैं यस्ता कार्य गर्दा हातमा हात मिलाई अगाडि बढ्न पर्छ भन्नू भयो ।