काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं. १० मा रहेको नाईटिङ्गेल एकेडेमी अतिरिक्त क्रियाकलापमा पनि अब्बल देखिन थालेको छ । बनेपामा आयोजित फुटसल प्रतियोगितामा एकेडेमी प्रथम भएको छ ।
निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन(प्याब्सन)बनेपा नगरको आयोजनामा जुनियर फुटसल प्रतियोतिा २०८२ सम्पन्न भएको हो ।
फुटसल प्रतियोगितामा नाईटिङ्गेल एकेडेमी प्रथम स्प्रीङ्गहिल बोडिङ्ग द्धितिय र ज्ञानकुञ्ज माध्यमिक विद्यालय तृतिय भएका छन् । प्रतिगोगितामा बनेपा नगरपालिका भित्रका संस्थागत विद्यालयबाट कक्षा १ देखी ७ सम्मका विद्यार्थीहरुको २१ वटा टिम सहभागिता रहेको थियो ।
प्रतियोगितमा उत्कृष्ट हुनेलाई प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले पुरस्कार वितरण गरेका थिए । प्रमुख अतिथी भुजेलले प्याब्सनले नगर स्तरीय र समग्रमा जिल्ला स्तरीय कार्यक्रमहरु गर्दे आएको बताए ।
प्रतियोगिता प्याब्सन बनेपा नगर अध्यक्ष महेन्द्र विष्टको सभापतित्वमा र अतिरिक्त क्रियाकलाप प्रमुख लिलाधर पौडेलको सञ्चालनमा भएको थियो । प्रतियोतिामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाण पत्र, ट्रफि र मेडल प्रदान गरिएको थियो ।