काभ्रेपलान्चोक – नेपाल तरुण दल बनेपाले आगलागी भएको घर परिवारलाई नगदसहित खाद्यान्न सहयोग गरेको छ । बनेपा नगरपालिका वडा नं. ४ मा केही दिन अगाडि आगलागी भएर धेरै क्षेती भएको थियो ।
उक्त घटनामा मलम पट्टि लगाउने उदेश्यले नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैध सहितको टोलिले खाद्यान्न सहित नगद हस्तान्तरण गरेको हो ।
बनेपा नगरपालिका वडा नं. ४ निवासी सुवास दाहालको घरमा आगलागी भएर सबै नस्ट भएको कारणले सहयोग स्वरुप केही खाद्यान्न सहित नगद सहयोग गरेका छौँ सुधीर बैधले भने। चामल ८ बोरा, दाल, नुनु, तेल, साबुन, ब्ल्याकेट पाँच थान सहित नगद हस्तान्तरण गरेका छौं ।
इन्द्र शोभा युवा मिलन क्लबका अध्यक्ष नेपाली कांग्रेसका युवा नेता सामाजिक अभियान्ता हरि थापाले पाँच हजार नगद सहयोग गरेका थिए।
बैध सहितको टोलिले बनेपामा बेला बेला विपत्तिहरुमा सहयोग गर्दै आएका छन् । बनेपामा नेपाल तरुण दलको सक्रियता निकै बढेको छ।