काभ्रेपलान्चोक – झापा जिल्ला गौरादह नगरपालिका वडा नं. २ स्थायी घर भएका झलेन्द्र दाहाल चण्डेश्वरी साकोसको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा मूल विषय वित्तशास्त्र राखि स्नाकोत्तर गर्नु भएको र विगत ९ वर्ष देखि सहकारी संस्थामा व्यवस्थापन प्रमुखको रुपमा भूमिका निभाउनु भएका र त्यति नै अवधि अध्यापन पेशामा आवद्ध हुनु भएका झलेन्द्र दाहाल विगत २ वर्षदेखि पूर्ण रुपमा सहकारीकर्मीका रुपमा मात्र समय व्यथित गर्दै हुनुहुन्छ ।

९ वर्षको अवधिमा उहाँले २ वटा सहकारीको व्यवस्थापन प्रमुखको रुपमा जिम्मेवारी निभाई सक्नुभएको छ । विगत १९ महिना देखि काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालीरहनु भएका झलेन्द्र दाहाल आफ्नो परिचय सहकारीकर्मीका रुपमा दिनुहुन्छ ।

आफ्नो जिनमा नै सहकारी भै सकेको बताउने झलेन्द्र दाहाल आफ्नो जीवनको अन्तिम लक्ष्य नै नेपालको सहकारी अभियानलाई विश्व कै एक उन्नत खालको अभियान बनाउन योगदान गर्ने बताउनु हुन्छ । चण्डेश्वरी साकोस त्यही सहकारी हो जसले भर्खरै नेफ्स्नूनबाट नेपाल कै सर्वोत्कृष्ट बचत तथा ऋण सहकारी संस्था घोषणा भएको थियो भने एसियाली ऋण महासङ्घले भाद्र २५ देखि ३० सम्म काठमाडौंको द सोल्टीमा भएको महासङ्घको फोरमबाट गुणस्तर सुनिश्चितता अन्तरगतको एक्सेस सिल्भर ब्राण्ड प्रदान गरेको थियो । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत झलेन्द्र दाहालसँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको कुराकानी ;

० के छ खवर ? आराम हुनुहुन्छ ? हाल केमा व्यस्त हुनुहुन्छ ?
ठीक छ आरम नै छु । व्यस्तताको कुरा गर्दा सार्वजनिक जीवन व्यस्तै हुँदो रहेछ । आर्थिक वर्ष सकिनु अगाडी खाताबन्दीमा ब्यस्तता । आर्थिक वर्ष सकिए पछि लेखा परिक्षणमा व्यस्त त्यस पछि एसियाली ऋण महासङ्घले गर्ने एक्सेस अडिटको तयारीमा व्यस्त, एक्सेस अडिट पश्चात एसियाली ऋण महासङ्घको फोरममा सहभागिता जनाउन र विदेशी पाहुनाहरुलाई स्वागत गर्न व्यस्त त्यस पछि साधारण सभा सम्पन्न गर्न व्यस्त अव त्रैमासिक क्लोजिङमा व्यस्त हुने बेला आयो व्यस्तता त सहकारीमा यस्तै हो ।

० चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको परिचय दिनु पर्दा ?
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था वि. सं. २०४७ असार ३ गते बनेपाका स्थानिय १३ जना युवाहरुको सामुहिक प्रयासको उपज हो । १३ जना युवाहरुले त्यतिखेर जनही एक सय रुपैयाका दरले जम्मा गरेको रू.१,३०० बाट सुरु भएको चण्डेश्वरी फोरमलाई स्थापना भएको ३ वर्ष पश्चात बि.सं. २०५० आस्वीन ६ गते तत्कालिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय काभ्रपलाञ्चोकमा बचत तथा ऋण सहकारी संस्थाको रुपमा विधिवत दर्ता भए पश्चात औपचारिक रुपमा बचत तथा ऋण सहकारी संस्थाको रुपमा कारोवार गर्दै आएको छ । स्थानिय युवा हरुले केही आफैबाट गर्न सकिन्छ र समुदायका व्यक्तिहरुको वित्तीय आवश्यकता सामुहिक प्रयासबाट पुरा गर्न सकिन्छ भन्ने भावनाबाट स्थापना भएको संस्था हो । समुदायमा आधारित भएर सञ्चालनमा रहेको यस संस्थाले विधि र प्रविधिमा विश्वास गर्दछ । विधि सम्मत ढंगबाट निश्चित उद्येश्य पुरा गर्न योजना वद्ध ढंगले काम गर्नु नै यस संस्थाको विशेषता हो ।

० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
सारमा हेर्दा सदस्यहरुले जम्मा गरेको पैशा सुरक्षित गर्न नसक्नु सहकारीको समस्या देखिन्छ । यो परिणाम हो । भनाइको मतलव हिजो हमीले के कर्म गर्यौ त्यको परिणाम आज देखिएको हो । सहकारीको मुल्य, मात्यता, सिद्धान्त र विधि अनुसार सञ्चालन गरेका संस्थामा केही पनि समस्या छैन तर जुन सहकारी सहकारीको मुल्य, मान्यता, सिद्धान्त र विधिलाई लत्याएर व्यक्तिगत स्वार्थबाट प्रेरित भएर सञ्चालनमा आएका छन समस्या तिनिहरुमा हो । त्यस कारण समस्या के आयो भन्दा पनि समस्या किन आयो भनेर कारण खोज्न थाल्यौँ भने छिटो जवाफ भेटिन्छ । हामी जहिल्यै पनि सतही जवाफ खोज्छौँ र समस्याको समाधानमा पुग्न सक्दैनौ । समस्या आउन सक्ने २ वटा पक्ष हुन्छन । एउटा आन्तरिक पक्ष र अर्को वाह्य पक्ष । आन्तरिक पक्ष बलियो बनाउन सकियो भने बाह्य पक्षबाट आउने समस्या सँग जुध्ने सामथ्र्य राख्छ तर आन्तरिक पक्ष कमजोर भयो भने बाह्य पक्षबाट आउने समान्य समस्याले पनि संस्थामा ठूलो समस्या ल्याउछ । हामीले भुकम्पको सामना गर्यौ, नाका बन्दीको सामना गर्यौ, महामरीको सामना गयौँ अहिलो रसिया युक्रेन युद्धबाट उत्पन्न भएको विश्व अर्थव्यवस्था मन्दीको सामना गर्दैछौँ तर पनि हाम्रो संस्थामा केही समस्या देखिएको छैन । त्यस कारण समस्याको परिणाम होइन कारण खोजि गरेर समाधान तिर लाग्नु उत्तम हुन्छ ।

० नियमनकारी निकायले सहकारीलाई नियमन नगरेकै हो त ?
त्यसो भन्न अलिक मिल्दैन । सामान्यतया सहकारी सिद्धान्तत स्वनियमनमा चल्ने स्वयत्त संस्था हो । नेपालमा सवै खालका विषयगत सहकारी संस्था गणना गर्दा झण्डै ३५ हजारको हाराहारीमा छन् । प्रत्येक संस्थाको कार्यालयमा नै गएर नियमन गर्न निकै ठूलो मानव संशाधन चाहिन्छ । नियमनकारी निकायले स्याम्पल लिएर अनुगमन गर्ने गर्दछ । मुख्य कुरा सहकारी संस्था स्वनियमनमा रहने विश्वव्यापि मान्यता रहेको कारणले सहकारीका मुल्य मान्यता र सिद्धान्त अनुसारका विधि बनाएर स्वनियमनमा बसी संस्था सञ्चालन गर्नु नै उपयुक्त हुन्छ । अनुगमन हुँदैन त्यसैले मैले फटाई गरेको भन्न पाईदैन ।

० स्थानिय तह नै पहिलो नियमनकारी निकाय हो ? बनेपा नगरपालिकाले कतिको नियमन गरेको छ ?
स्थानिय तह नै पहिलो नियमनकारी निकाय हो भन्ने कुरा होइन । सहकारी संस्था नियमन गर्ने निकाय तिन तहमा छन् । स्थानिय तह, प्रदेश तह र सङ्घिय तह । एउटा मात्र पालिका कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका संस्थालाई स्थानिय तहले अनुगमन गर्दछ । एक प्रदेशका एउटा भन्दा धेरै पालिका कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका संस्थालाई प्रदेश सरकार अन्तरगर अनुगमन हुन्छ भने २ वा सो भन्दा बढी प्रदेश कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेका संस्थालाई सङ्घिय सरकार अन्तरगत अनुगमन हुने कनुनि व्यवस्था रहेको छ । बनेपा नगरपालिकाको नियमनको कुरा गर्दा बनेपा नगरपालिका नै नेपालमा पहिलो नगरपालिका होला जसले उसको कार्यक्षत्र भित्र सञ्चालनमा रहेका सवै सहकारीको अनुगमन गरेको छ र सो को लागि उसको मानव संशाधनले अपुग भएर जिल्ला सहकारी सङ्घको समन्वयमा वाह्य क्षेत्रबाट विशेषज्ञ हायर गरेर नियमन गरेको छ ।

० चण्डेश्वरी साकोसलाई जिल्ला कै उत्कृष्ट साकोस बनाउन के गर्दै हुनुहुन्छ ?
चण्डेश्वरी साकोस जिल्लाको मात्र होइन नेपालकै उत्कृष्ट साकोस भै सकेको छ र यसले अन्तराष्टि?य रुपमा पनि आफ्नो पहिचान बनाइ सकेको छ र हाम्रो लक्ष्य भनेको आजको हाम्रो यस उपलब्धिलाई निरन्तरता दिने हो । सहकारी मुल्य मान्यता, सिद्धान्त र विधिबाट विचलित नभई निरन्तर सदस्यको सेवामा समर्पित हुने हो ।

० उत्पादन र बजारीकरणमा संस्थाले के योगदान दिदै आएको छ ?
हाम्रो संस्था बचत तथा ऋण सहकारी संस्था हो । बचत तथा ऋण सहकारी संस्थाले प्रत्यक्ष रुपमा उत्पादन र बजारीकरणमा लाग्न सिद्धान्तत मिल्दैन । तर हामी हाम्रा सदस्यहरुलाई उत्पादनमा कसरी जोड्ने र उत्पादिन बस्तुको बजारीकरण कसरी गर्ने भन्ने विषयमा सहयोग गर्दछौँ । उत्पादन तथा बजारीकरणका लागि पुँजी, श्रम र शिप आवश्यक पर्दछ । हामी सदस्यहरुलाई शिप र पुँजी उपलब्ध गराउँदछौ सदस्यहरुको श्रम त्यसमा जोडिन्छ ।

० पछिल्लो समय सहकारी प्रति सवै मानिसले हेर्ने दृष्टिकोण परिवर्तन भएको छ ? सहकारीलाई मानिसहरुले विश्वास गर्न छाडिसके यो अवस्थामा बचत कर्ताहरुले चण्डेश्वरी साकोस नै किन रोज्ने ?
सहकारी संस्था प्रतिको विश्वस किन टुट्यो यसको कारण हेर्नु पर्दछ । मैले अघिनै भने सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन भएका संस्थामा समस्या हँुदैन । चण्डेश्वरी साकोस सहकारीका मुल्य, मान्यता र सिद्धान्त अनुसार विधिसम्मत ढंगबाट सञ्चालन हुने संस्था हो । त्यसका अलवा चण्डेश्वरी साकोस सदस्यहरुको आर्थिक पक्षमा मात्र नभएर, सामाजिक र सांस्कृतिक पक्ष सँग पनि जोडिएको संस्था हो ।

० तपाईँ त सहकारीको कार्यकारी प्रमुख, आफ्ना सेयर सदस्यहरुलाई कस्तो सुविधा दिनु भएको छ, यो परिस्थितिमा ?
मैले दिएको भन्दा पनि संस्थाले दिएको भन्नु उपयुक्त होला । म त ड?ाइभर हो, ड?ाइभरले गाडिमा के के सामान छ त्यसलाई सही ढंगबाट ड?ाइभ गरी सम्बन्धित स्थानमा डेलिभरी दिने हो । मैले संस्थाका सेवाहरुलाई सदस्य माझ डेलिभर दिने च्यानल मिलाउने हो । संस्थाले दिने सेवाको कुरा गर्दा हामी सदस्यहरुलाई बचत सेवा, ऋण सेवा, राहत सेवा, शिक्षा, तालिम जस्ता सेवाहरु प्रदान गर्दै आएको छ म यिनै सेवालाई सदस्य माझ डेलिभर गर्दछु ।

० अहिले जति धेरै नाफा कमायो त्यही सहकारी राम्रो भनेर बुझ्ने चलन छ नी ?
त्यो गलत हो । सहकारी संस्थामा हाल देखिएको समस्या नै सम्पूर्ण शक्ती नाफा बढाउन लगाएर आएको हो । संस्था सञ्चालन हुनलाई नाफा चाहिन्छ तर नाफा नै अन्तिम लक्ष्य हो भन्नु हुँदैन । सदस्यको सेवा र सदस्यको आर्थिक उन्नतिलाई मुख्य लक्ष बनाउनु पर्दछ नाफा भनेको संस्था सञ्चालन गर्दै जादा स्वभाविक रुपमा अर्जन हुन्छ तर पहिलो प्राधमिकता सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक विकासलाई बनाउनु पर्दछ । त्यसैले सहकारी आफैले नाफा कमाउने भन्दा पनि सदस्यहरुलाई कमाउन सक्ने बनाउनु पर्दछ ।

० तपाईँको विचारमा काभ्रेका सवै सहकारी नीति नियममा चलेका छन ?
काभ्रेमा सहकारीमा समस्या देखिएका छ कि छैन हेर्नु पर्यो । समस्या छन भने अधिनै भने मैले नीति नियममा चलेका भए समस्या आउने नै थिएन आफै बुझ्नुहोस् ।

० सहकारीले सोझा सिधा जनतालाई ऋण लगानीको बाहानामा उठिबास लगाउछन् भन्ने आरोप लाग्छ ? के भन्नुहुन्छ ?
सहकारी भनेर सवैलाई एउटै डालोमा हालेर हेर्नु भएन । सहकारी मुल्य, मान्यता र विधिलाई मिच्ने सहकारीले उठिबास लगाएका पनि छन र मुल्य मान्यता र विधिलाई अवलम्बन गर्ने संस्थाले सदस्यहरुको हितमा काम गरेका छन् । साच्चै भन्ने हो भने वास्तवमा समुदायको तल्लो तह सम्म जोडिएर वित्तीय सेवा दिने संस्था भनेकै सहकारी हो त्यसैले कुनै एक सहकारीले गलत गर्यो भनेर सवै सहकारीलाई मुछ्नु गलत हुन्छ ।

० सहकारी क्षेत्रमा गहिरो अध्यायन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ?
सही हो । सहकारी क्षेत्रमा अध्यायन र अनुसन्धानको कमी छ, सहकारी के हो ? यसले सदस्यको हितमा कसरी काम गर्र्दछ र समाज रुपान्तरणमा के कस्तो भूमिका खेल्न सक्दछ भन्ने विषयमा गहन अध्यायन आवश्यक छ । त्यसैका लागि सहकारी ऐन २०७४ ले सहकारी प्रवद्धन कोषको परिकल्पना गरेको छ । उक्त कोषको उपयोग गरि सहकारी क्षेत्रको अध्यायन, अनुसन्धान, विकास र प्रवद्र्धन गर्नु पर्दछ । र अभियानले पनि यस विषयमा मन्थन गर्नु पर्दछ ।

० सहकारीहरुले बचतकर्ताहरुको पैशा कुम्ल्याएर भागिरहेका छन नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुदैन ?
यहाँ सहकारीकर्मी भनेर कसलाई भन्नु भएका प्रष्ट भएन । सञ्चालक वा व्यवस्थापनलाई भन्नु भएको हो भने सम्बन्धित सहकारीका जिम्मेवार व्यक्तिहरुमा दायित्व हुदैन भन्ने सवाल नै आउदैन । सदस्यहरुको पैशा हर हालतमा फिर्ता गर्ने जिम्मेवारी सम्बन्धित सहकारीका जिम्मेवार व्यक्ति कै हुन्छ ।

० सहकारीमा युवा पुस्ताको रुचि कसरी बढाउन सकिन्छ होला ?
सहकारीमा युवा पुस्ताको रुचि बढाउन विषयमा मैले २ वटा पाटोबाट सोचि रहेको छु र हामी त्यको प्रयोग गर्ने तर्फ पनि अग्रसर भएका छौ । एउटा पक्ष भनेको सेवालाई डिजिटलाइजेसन गर्ने र अर्को भनेको सहकारी संस्थाको नेतृत्वमा युवा सहभागिता सुनिश्चित गर्ने ।

० बचत तथा ऋण सहकारी संस्था र साना किसान सहकारी संस्थामा कुन चाहीँ बढी प्रभावकारी देखिन्छ ?
यस प्रश्नमा मैले यही प्रभावकारी देखिन्छ भनेर जवाफ दिन सक्दिन। एउटा पक्षमा साना किसान प्राभवकारी देखिएला अर्को पक्षमा बचत तथा ऋण सहकारी संस्था प्रभावकारी देखिएला ।

 

० भावि योजनाहरु के के छन ?
व्यक्तिगत योजना भन्नु हुन्छ भने सहकारी अभियानमा नै सशक्त भएर लाग्ने योजना छ । संस्थागत योजना भन्नु हुन्छ भने संस्थाले हाल प्राप्त गरेको उपलब्धिलाई कायम राख्ने भरखरै प्राप्त गरेको एक्सेस सिल्भर ब्राण्डलाई स्तरोन्तति गरि एक्सेस गोल्ड हुँदै एक्सेस प्लाटिनियम सम्म पुर्याउने र सदस्यहरुको आर्थिक उन्नतिमा केन्द्रित हुने योजना रहेको छ । सवै भन्दा ठूलो योजना भनेको चाँही हाम्रा सदस्यहरु जो जो गरिविको रेखा मुनि छन तिनिहरुलाई कमसे कम संयुक्त राष्ट?सङ्घले तोकेको न्यूनतम आय स्तर सम्म उठाउने र दिगो विकास लक्ष्यको लक्ष्य नंं. १ मा सहयोग गर्ने रहेको छ ।

० अन्त्यमा केही भन्नु छ ?
सर्व प्रथम त बिचार राख्ने अवसर दिनु भयो त्यसका लागि धन्यवाद । सहकारीमा आवद्ध भएका र हुन चाहने सदस्यहरुलाई सहकारी के कसरी सञ्चालन भएका छन विचार गरी आवद्ध हुन तथा कारोवार गर्न सुझाव दिन चाहान्छु । अन्त्यमा नजिकिदै गरेका नेपालीहरुका चाडहरुको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..