बनेपा- जिल्ला सहकारी संघ लि.(डिस्कोफ) काभ्रेपलाञ्चोकको शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिको संयोजनमा जिल्लामा संचालित सहकारी संस्थाहरुमा नगद कारोवारसँग प्रत्यक्ष संलग्न भई कार्य गर्ने कर्मचारीहरुको लागी जाली नोट पहिचान तथा दस्तखत प्रमाणिकरण तालिम सम्पन्न भएको छ ।

हिजो संघका उपाध्यक्ष एवं शिक्षा तथा तालिम ब्यवस्थापन उपसमितिका संयोजक शान्ती लामा तामाङको अध्यक्षता, संघका अध्यक्ष अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यता र तालिमका प्रशिक्षक विज्ञ नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्यामकृष्ण दाहालको सहजिकरणमा तालिम सफलतापूर्वक सम्पन्न भएको हो ।

तालिममा संघका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत , कर्मचारी र सहकारी सस्थाबाट ४७ जनाको सहभागीता रहेको थियो।
तालिममा जिल्ला सहकारी संघका अध्यक्षले संघको बार्षिक कार्ययोजना अन्र्तगत रहेर आजको तालिम आयोजना गरिएको र यस्तै तालिम निरन्तर आयोजना गरि रहने र तालिममा सहभागीहरुले तालिमको लागी तालिम मात्र नभई तालिमबाट सिकेका ज्ञान र शिप आफ्नो कार्यक्षेत्रमा सहि सदुपयोग गर्न सक्नु पर्ने गरी लिनु पर्ने बताउनु भयो ।

तालिम कार्यक्रम संचाल संघका सचिव प्रकाश बञ्जाराले गर्नु भएको थियो भने स्वागत मन्तब्य संचालक सदस्य सुदर्शन अधिकारीले राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly