धुलिखेल कांग्रेस नेताहरु एमाले प्रवेश

काभ्रेपलान्चोक – धुलिखेल नगरपालिकाको कांग्रेस नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई आज धुलिखेल एमालेले स्वागत गरेको हो । प्रवेश गर्नेमा २०७४ सालको स्थानीय चुनावमा धुलिखेल नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाट वडा सदस्य पदमा विजयी प्रविन सापकोटा, नेपाली कांग्रेस धुलिखेल नगर समिति सदस्य सुवास सापकोटा, नेपाली कांग्रेसबाट २०७४ र २०७९ को स्थानीय चुनावमा सदस्य पदका उम्मेदवार रिता परियार, कांग्रेस सक्रिय सदस्यहरु जयराम सापकोटा, सुकदेव खत्री र विनोद परियार छन् ।

बिज्ञापन

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वडा समिति कोषाध्यक्ष अनिस तिमल्सिना र समाजवादीका राजेश सापकोटा पार्टी प्रवेश गरेको नेकपा एमाले धुलिखेल नगरकमिटीले जनाएको छ ।

उनीहरुलाई एमाले बागमती प्रदेश कमिटी सदस्य अशोक कुमार ब्याञ्जु श्रेष्ठ, जिल्ला पार्टी कमिटी अध्यक्ष राजन भुर्तेलसहित एमाले धुलिखेल नगर कमिटीका नेताहरुले स्वागत गरेका थिए ।