काभ्रेपलान्चोक – पछिल्लो समय आफ्नो जन्म दिनलाई धेरैले भड्किलो तवरले मनाउने गरेका छन् ।धेरै रकम खर्च गरेर पार्टी प्यालेसमा जन्म दिन मनाउने चलन बढ्दो छ ।तर केहीले भने जन्म दिनलाई बृद्धाश्रम र विद्यालयमा मनाउने गरेका छन् । बनेपा नगरपालिका ३ निवासी रोहित दंगालले जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा खाद्यान्न सहयोग गर्नुभएको छ । हाल अस्ट्रेलियामा रहेर पनि नेपालमा सहयोग गर्नु भएको छ । 

रोहित दंगालले आफ्नो जन्म दिनको अवसरमा श्री प्राणनाथ माइती वृद्ध आश्रमा खाद्यान्न सहयोग गर्नु भएको हो । आर्शु स्मृति प्रतिस्ठान नेपाल बनेपाको सहकार्यमा उक्त खाद्यान्न सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा चामल ५ मोरा, दाल १० किलो, क्वाटी ७ केजि, बेसार १/२ केजि, जिरा धुलो १/२ केजि, तेल ५ लिटर, नुन ४ केजि लगायत सामाग्री सहयोग गरिएको थियो ।

खाद्यान्न सहयोग वितरण कार्यक्रममा आर्शु स्मृति प्रतिस्ठान नेपाल बनेपा-८ का रुपेश काफ्ले, युवा नेता तथा समाजसेवि राजन अधिकारी, राम प्रसाद दंगाल, केदार प्रसाद दाहाललेको उपस्थितिमा खाद्यान्न सहयोग गरिएको थियो ।

जन्म दिनमा हुने फजुल खर्चलाई आफुले सानो भएपनि सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले केहि वर्ष यता जन्म दिनको खर्च कटौती गरेर फरक तरिकाले मनाउने गरेको दंगालले बताए । मुख्य त जन्म दिनमा फजुल खर्चलाई सहि ठाउँमा व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता आफुमा रहेको दंगालले बताए ।

हरेक जन्मदिन, आमाको पुण्य तिथी जस्ता दिनहरुमा यस्तै अनाथालय, बृद्धआश्रमहरुमा खाद्यान्न सहयोग, मठ-मन्दिर निर्माण जस्ता कार्यहरु गर्ने गरेको र विगतमा गएको भुकम्प, कोरोना महामारीहरुमा निरन्तर सामाजमा सहयोग गर्दै आएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..