काभा वुमन्स भलिबल : उपाधिका लागि नेपालले भारतसँग भिड्ने

काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको हो ।

मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो । इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

नेपालले यो खेल २५–२१, २२८–२६ र २५–२० ले जित्यो । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो ।

बिज्ञापन