मुद्रण उद्योग व्यवसायीको नेतृत्व गर्दै दिपक

|| आइतबार, आषाढ ०२, २०८१
मुद्रण उद्योग व्यवसायीको नेतृत्व गर्दै दिपक

बनेपा, राम्रो संन्देश डट कमका संरक्षक खड्ग बहादुर राउत (दिपक) काभ्रे मुद्रण उद्योग संघको अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका छन । शनिबार बनेपामा भएको काभ्रे मुद्रण उद्योग संघको नवौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा राउत सर्वसम्वत निर्वाचित भएका हुन ।

नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष बिष्णु तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएकोअधिवेशनको बन्दसत्रले निर्वाचित गरेको नयाँ कार्यसमितिको अध्यक्षमा खड्गबहादुर राउत (दिपक), उपाध्यक्षमा प्रेमबहादुर थापा (राजन), सचिवमा जयराम बन्जारा, कोषाध्यक्षमा सर्वश्री अधिकारी तथा सदस्यहरुमा सन्तोष न्यौपाने, नवराज अधिकारी र बुद्धलक्ष्मी मानन्धर रहेका छन ।
संघका अध्यक्ष जगन्नाथ खड्काको सभाध्यक्षमा भएको कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका प्रथम उपाध्यक्ष राजकुमार घिमिरे, नेपाल मुद्रण उद्योग महासंघका बागमती प्रदेशका अध्यक्ष अजय वादे, काठमाडौं मुद्रण संघका अध्यक्ष घननारायण श्रेष्ठ, काभ्रे उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष रबिन्द्र बैदार, नेपाल जेसिसका पूर्व रास्ट्रिय अध्यक्ष बिकास मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका सल्लाहकार एवं क्षितिज प्रेसका संचालक नवराज बजगाई, काभ्रे मुद्रण उद्योग संघका संस्थापक अध्यक्ष एवं सल्लाहकार कौशलराज खड्कालगायतले बोलेको कार्यक्रममा ४० दशक भन्दा बढी निरन्तर प्रेस व्यवसाय गर्दै आएका सन्तोष प्रिन्टिङ प्रेसका संचालक गोविन्द खड्का र गिरी प्रेसका संचालक बाबुकाजी गिरीलाई सम्मान गरिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णु तिवारीले मुद्रण संघमा भएगरेका अप्ठ्याराहरुलाई पन्छाएर अगाडि बढ्ने वचनबद्धता व्यक्त गर्दै संघ संगठन व्यवस्थित हुँदै गएमा समस्याहरु समाधान हुँदै जाने बताएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट

छुटाउनु भयो र ! ?

हाम्रो बारेमा

यो वेवसाइट Kavrepress.com को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क स्थान

सम्पर्क
काभ्रे प्रेस डट कम (KavrePress.com )
९८०३१२३१७६
९८६०८९७९८७
[email protected]
बनेपा नगरपालिका – ९ नयाँबस्ती , काभ्रेपलाञ्चोक
नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय,
सूचना विभाग दर्ता नं. :२८००/०७८-७९
पान नं. : १०८१७८२२७

हाम्रो टिम

प्रकाशक / प्रधान सम्पादक

अरबिन्द्र गौतम

सल्लाहकार तथा संरक्षक

नवराज बजगाईं

सम्पादक:- सागर घिमिरे

संवाददाता :- दिनेश भण्डारी

संवाददाता : रामेन्द्र गौतम