क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

# क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान
काभ्रे प्रेस
काभ्रे प्रेस || शुक्रबार, पुष ११, २०८२
क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३३ औँ जन्मजयन्तिको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन्।

मार्क्स, लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका योगदानलाई संश्लेषण गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको मुख्य कार्यभार भएको उनको भनाइ छ ।

त्यसैले प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up