बनेपा- नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको भव्य तयारी भैरहेको छ । जिल्लाको सबै स्थानीय तहका मानिसहरुको घर घरमा निमन्त्रणा कार्ड समेत पुर्याइएको छ । बनेपा नगर कमिटीले पनि आफ्नो सक्रियता लाई तीब्र पारेको छ । कमिटीले घर घरमा निमन्त्रणा कार्ड पुर्याउनुको साथै सबै आमा बुबा दाजुभाइहरु लाई जिल्ला अधिबेशनमा समाबेश हुन आग्रह समेत गरेको छ ।

काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी भैरहेको र बनेपा नगर कमिटीले त्यहीँ अनुरुप आफ्नो सक्रियता बढएको छ । काभ्रेको विकासको बादशाह एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले अधिवेशनमा कम्तिमा पनि ५० हजारको जनसहभागिता हुने बताए पछि त्यहीँ अनुरुप नेकपा एमाले बनेपा नगर कमिटीले पनि आफ्नो काम लाई तिब्रता दिएको हो ।

जिल्ला अधिवेशन भव्य, सभ्य र व्यवस्थित हुने बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जितले जानकारी दिनु भयो। यसलाई आम काभ्रेलीले मात्रै नभएर छिमेकी जिल्लाहरुमा समेत हेर्ने भएकाले बनेपा नगर कमिटीले नगर पदाधिकारीहरु लाई विभिन्न योजना अनुसार परिचालन गरेको र अधिबेशनको तयारी व्यापक गरिरहेको बताइएको छ । बनेपा नगर कमिटीले ५ हजार जनसहभागिता जुटाउने तयारीमा लागेको अध्यक्ष रन्जितले जानकारी दिनु भयो । बनेपा नगर कमिटीको निर्देशन अनुसार सबै वडा तथा टोलमा बैठक नै बसेर त्यहीँ अनुरुप काम गरिरहेको बताइएको छ ।

एमालेको अधिबेशनले बनेपा नगरको गाँउ गाँउमा उत्साह छाएको छ र विद्यार्थी, युवा, मजदुर, किसान, बुद्धिजिवी पौष २३ को व्यग्र प्रतिक्षामा रहेको रन्जितले बताउनुभयो । उहाँले पौष २३ गते काभ्रेमा ठुलो पर्व भएकाले सो पर्वमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..