प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काभ्रेपलान्चोक – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्।

सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गरेका हुन् ।

बिज्ञापन

त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए। प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।