काभ्रेपलान्चोक – जिल्लाको बनेपा नगरपालिका वडा नं. ९ मा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं. ९ को आयोजनामा आँखा शिविर गरिएको हो।

बनेपा नगरपालिका वडा नं. ९ मा भएको आँखा शिविरमा २ सय ७१ जनाको आँखा परीक्षण भएको थियो । जसमा भोलि २५ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गरिने बताइएको छ ।

रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोग र बनेपा नगरपालिका वडा नं.९ को आयोजनामा शिविर गरिएको बनेपा नगरपालिका वडा नं. ९ को वडा अध्यक्ष नृपेश वादेले काभ्रे प्रेस लाई जानकारी दिनु भयो । शिविरमा निःशुल्क आँखा परीक्षण तथा निःशुल्क औषधि वितरणको व्यवस्था गरिएको बताउनु भयो । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उहाँको भनाइ छ । वादेले आफ्नो तलब कटायर निःशुल्क आँखा शिविर कार्यक्रम संचालन गरेको बताउदै यस कार्य लाई निरन्तरता दिने जानकारी दिनु भयो । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..