नेकपा एमाले काभ्रेका नवनिर्वाचित पदाधिकारी सहित बनेपा नगरबाट निर्वाचित सदस्यलाई बनेपा नगर कमिटीले बधाइ तथा शुभकामना दिएको छ ।

बनेपामा एक कार्यक्रमको आयोजना गरेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको हो । कार्यक्रममा बनेपा नगर कमिटीका कार्यवाहक अध्यक्ष नवराज मानन्धरको सभापतित्व रहेको थियो भने एमाले प्रदेश कमिटी सचिवालय सदस्य कुमार तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले काभ्रेका नवनिर्वाचित अध्यक्ष राजन भुर्तेलले प्रशिक्षणात्मक मन्तब्य राखेका थिए । नेकपा एमाले बनेपा नगर कमिटीले काभ्रेको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष सहित पदाधिकारी र बनेपाबाट जिल्लामा निर्वाचित लेखा आयोग सचिव सहित ११ जना जिल्ला सदस्यहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै सम्मान गरिएको हो ।

नेकपा एमाले काभ्रेका नवनिर्वाचित अध्यक्ष राजन भुर्तेल, उपाध्यक्ष देव सागर लामा, सचिव राजकुमार सापकोटा, उप–सचिव रत्नकुश रंजित, उप-सचिव सुर्यमाया दनुवार, लेखा आयोग सचिव गोबिन्द दाहाल लगायत जिल्ला कमिटी सदस्यहरु कृष्ण प्रसाद दहाल, श्याम सापकोटा, चन्द्र बहादुर खड्का, वलराम अधिकारी, श्यामसुन्दर श्रेष्ठ, सुन्दर खड्का, वलराम दाहाल, जीवन देबि रायमाझी, रेखा सापकोटा, विमला सापकोटा, विकास मंग्राति, तेज नेपाली, अरबिन्द्र गौतमलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly