भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)को भक्तपुर जिल्ला अधिबेशन जेठको पहिलो हप्ता हुने भएको छ ।

एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाका अनुसार पार्टीको नवौं जिल्ला अधिबेशन जेठको ३ र ४ गते हुनेछ ।

“अधिबेशन भब्य र सब्य रुपमा सम्पन्न गर्न हामी लागिरहेका छौ, अहिले संगठित सदस्य नविकरण गर्ने कार्य भई रहेको छ, ” अध्यक्ष देउजाले भने ।

अहिले जिल्लाका सबै वडा र नगर कमिटी हरुलाई सदस्यता नवीकरण गर्न ताकेता गरिएको र कतिपयले भने सदस्यले भने नवीकरण गरिसकेको देउजाले जानकारी दिए ।

नवौं जिल्ला अधिबेशनबाट एमालेको नयाँ जिल्ला कार्य समिति समेत चयन हुनेछ । भक्तपुरमा एमालेको करिब ७ हजार ५ सय पार्टी संगठित सदस्य रहेको अध्यक्ष देउजाले बताए ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..